यतिबेला भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको राजकिय भ्रमणको क्रममा छन् । उनी वुधबार नेपाल आइपुगेका हुन् । मुखर्जीको भ्रमणलाई लिएर सरकारले उच्च सुरक्षा सर्तकता अपनाएको छ । तर, काठमाण्डौमा अघोषित कर्फ्यु लगाएजस्तो देखिएको छ । जसको सामाजिक संजाल र नागरिकको तर्फबाट निकै आलोचना भैरहेको छ।

सरकारले काठमाण्डौमा अघोषित कर्फ्यु लगाएपछि नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमालले पनि आक्रोश व्यक्त गरेका छन्। राजेशले देशको राजनीतिक अवस्थाका बिषयमा समय-समयमा सामाजिक संजालबाट आक्रोश व्यक्त गर्दै आएका छन्।
हमालले लेखेका छन्-‘मित्र राष्ट्रका प्रमुख आफ्नो देशमा हुँदा हाम्रोमा नाकाबन्दी, हाम्रो देशमा आउँदा कफ्र्यू, मित्रता भारी पर्ने भो।’
Write Comment Below:
No comments:
Post a Comment