काठमाडौं, १९ कात्तिक : भारतीय राष्ट्रपति प्रणव मुखर्जीका कारण बुधबार र बिहीबार सडकमा भएको ट्राफिक जाम आज शुक्रबार आकाशमा हुने भएको छ।

मुखर्जीको जनकपुर र पोखरा भ्रमणका कारण शुक्रबार आन्तरिक र बाह्य उडान प्रभावित हुने भएका छन्। उनी बिहान १० बजे जनकपुर जाने र जनकपुरको भ्रमण सकिएपछि पोखरा जाने कार्यक्रम छ। बिहान १० बजेदेखिनै एक दुई घण्टा उडान रोकिने विमानस्थल कार्यालयले जनाएकोछ। यस्तै जनकपुरबाट पोखरा जाँदापनि पोखरा र काठमाडौंको उडान प्रभावित हुनेछ। पोखरादेखि काठमाडौंका बिहानका केही उडान बााहेक सबै उडान रद्द गरिएको छ।
यसले पोखरा र जोमसोमका केही उडान समेत प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ। भारतीय राष्ट्रपति पोखराबाट फर्किएर शुक्रबारनै स्वदेश फर्कने कार्यक्रम रहेकाले बेलुका पनि विमानस्थलमा उडान प्रभावित हुने छन्।
शुक्रबार आन्तरिकतर्फका सबैजसो र बाह्य उडान पनि प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ। भारतीय राष्ट्रपति मुखर्जी बुद्ध एयरको विमानमार्फत काठमाडौँबाट जनकपुर, जनकपुरबाट पोखरा र पोखराबाट काठमाडौँ ओहोरदोहोर गर्ने छन्।
Write Comment Below:
No comments:
Post a Comment