ललितपुर, १८ कात्तिक - पाटनको प्रसिद्ध कार्तिक नाच आज साँझदेखि सुरु भएको छ।

कृष्ण लीलामा आधारित नाच पाटन दरबार क्षेत्रमा हुने गर्छ । नाच १२ दिनसम्म चल्ने कार्तिक नाच व्यवस्थापन समितिले जनाएको छ।
नाचमा नेवारी समुदायका विभिन्न जात–उपजातको सहभागिता हुने समितिका अध्यक्ष किरण मानन्धरले बताउनुभयो।
नाच हेर्न उपत्यकाका विभिन्न स्थानबाट दर्शक पाटन दबार क्षेत्र आइपुग्ने गरेको छन् । उहाँले भन्नुभयो, “सुरुका दिनहरुमा भन्दा पनि अन्तिम दिनहरुमा दर्शकको सङ्ख्या अझै बढ्ने गरेको छ।”
नाच जति दिनसम्म हुँदा पनि नरसिंह अवतार कार्तिक शुक्ल त्रियादशीका दिनमा नै हुने गरेको छ । पूर्णिमाको दिन नाच सकिनेछ।
नरसिंह अवतारलाई सिङ्गो नाचको विशेषता मानिन्छ। उहाँले भन्नुभयो, “यो नाचका दिनमा दर्शकको भीडले खचाखच हुने गर्छ।”
राजा सिद्धिनरसिंह मल्लले ३७६ वर्ष पहिले यस नाचको सुरुवात गरेका थिए । केही वर्षदेखि १२ दिनसम्म फरक–फरक कथामा आधारित नाच्ने गरिन्छ।
Write Comment Below:
No comments:
Post a Comment