कुन्दुज (अफगानिस्तान), १८ कात्तिक - अफगानिस्तानको कुन्दुज क्षेत्रमा नेटो फौजको हवाई आक्रमणमा परी महिला, बालबालिकासहित कम्तिमा ३० जना सर्वसाधारणको बिहीबार मृत्यु भएको छ।

कुन्दुज क्षेत्र अफगानी तालिबानी समूहको आश्रयस्थलका रुपमा विद्रोहीले लामो समयदेखि प्रयोग गर्दै आएको क्षेत्र हो। तर केही समय पहिले अफगानी सेनाले चलाएको कारबाहीपछि विद्रोही उक्त क्षेत्र छोडी उच्च पहाडी तथा हिमाली क्षेत्रतर्फ भागेका थिए।
अफगानी सुरक्षाकर्मी तथा नेटो सेनाले अफगानी तालिबानी समूहविरुद्ध गरेको संयुक्त हवाई कारबाहीमा तीस नागरिकले सहादत प्राप्त गरका साथैे २५ जना अन्य घाइते भएको प्रान्तीय प्रवक्ता महम्मद डेनिसले बताउनुभयो।
बिहीबारको घटनामा अफगानिस्तानमा कार्यरत दुई अमेरिकी सेनाकोसमेत मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
नेटोले ‘तालिम, सल्लाह र सहयोग मिसन’ अन्तर्गत अफगानिस्तानको कुन्दुज क्षेत्रमा तैनाथ दुई अमेरिकी सेनाको मृत्यु भएको र दुई सैनिक घाइते भएको पुष्टि गरेको छ।
Write Comment Below:
No comments:
Post a Comment