काठमाडौँ, १८ कात्तिक - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा दर्ता भएको छ।

म्याद तामेलीमा अवरोध गरेको आरोपमा कार्कीबिरुद्ध आज सर्वोच्च अदालतमा अर्को मुद्दा दर्ता भएको हो।
कार्की, कार्कीका ज्वाई प्रवल थापालगायत चार जना र म्याद तामेलीमा अवरोध गर्ने अन्य व्यक्तिलाई कारबाहीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सो मुद्दा दायर गर्नुभएको हो।
म्याद तामेलीमा अवरोध गरे मुलुकी ऐनको अदालतको बन्दोबस्तीसम्बन्धी महलअनुसार १५ दिन कैद र एक हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
Write Comment Below:
No comments:
Post a Comment