काठमाडौँ, १९ कात्तिक : कतारमा कम्पनीको लापरबाहीबाट मानसीक असन्तुलन भएका बसाह ३, उदयपुरका ४६ बर्षिय खम्बसिंह खत्रीलाई उद्धार गरी बिहिवार स्वदेश पठाइएको छ।

२२ महिना अघि कतार पुगेका उनलाई कम्पनीले तलब नदिनुको साथै भिसा समेत नलगाएर राखेपछि मानसीक असन्तुलन भएको थियो। उनी १० महिनादेखि काम बिहिन भएर बसेका थिए।
उनी कतारको सहिलियामा बस्थे। सहेलियामै कार्यरत चिन्तामणी गौतमका अनुसार उनी बस्ने कोठामा समेत क्याम्प सञ्चालकले ताल्चा लगाइदिएका थिए । उनी झ्यालबाट आवतजावत गर्थे। कसैले दिए खान्थे। नत्र भोकै हुन्थे, गौतमले भने।
उनको अबस्था थाहा भएपछि उदयपुर प्रवासी सेवा सामजका सल्लाहकार होम बस्नेतले स्वदेश पठाउनको लागि नेपाली दुताबाससँग समुन्वय गरेको थियो । स्वदेश जाने टिकट उपलब्ध गरायौं। पीडितलाई दुताबासमा लगेर आबश्यक काम गर्यौं, समाजका महासचिब महासचिब राजु राईले भने, सजिलैसँग उद्धार गर्न सक्यौ। पीडितलाई छोराका साथमा स्वदेश ल्याएको छ। उनलाई काठमाडौंमा उपचार गरेपछि मात्रै घर लैजाने भएको छ।
Write Comment Below:
No comments:
Post a Comment