एजेन्सी लिविया, १८ कात्तिक :लिवियामा आप्रवासी चढेका दुई पानीजहाज समुद्रमा डुब्दा कम्तिमा दुई सय ३९ जना मृत्यु भएको छ।

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघीय संस्था युएनसिएचआरका प्रवक्ता क्यार्लोत्ता सामीले पानीजहाज डुवेर आप्रवासी मारिएको पुष्टि गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। पानीजहाज डुब्दा बाँच्न सफल भएका दुई जना इटालीको लाम्पेडुसा तटमा आएपछि पानी जहाज डुबेको पुष्टि भएको हो। घटनाको विस्तृत विवरण आइसकेको छैन।
Write Comment Below:
No comments:
Post a Comment