Thursday, November 3, 2016

श्रीलंकालीसँग मिलेर कल वाइपासको धन्दा चलाउने पक्राउ

१८ कात्तिक, काठमाडौं - श्रीलंकाली नागरिकसँग मिलेर अवैध रुपमा कल वाइपस (भिओआइपी) को धन्दा चलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।



काठमाडौंको पानीपोखरीमा डेरा लिएर अनलाइन व्यवसायको नाममा कलवाइपासको धन्दा चलाएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्सालका रविराज सिंहलाई पक्राउ गरेको हो।
ब्युरोका अनुसार सिंहले श्रीलंकाली नागरिकसँग मिलेर ल्याण्ड लाइन फोन नंम्बर मार्फत कल वाइपास गर्ने गरेका थिए।
नुवोकाटका कान्छा गुरुङको नाममा अनलाइन व्यवसायको लागि भन्दै कम्पनी समेत दर्ता गराएका सिंहले ‘इवान’ टेलिफोन सेवा जडान गरेर त्यसबाटै कल वाइपासको धन्दा चलाएको ब्युरोको दावी छ।
सिंहले एक पटकमा एक सय २० वटा लाइनमा कल वाइपास गर्न सक्ने बनाइ गत दशैंको फुलपातीबाट धन्दा सुरु गरेको प्रहरीले जनाएको छ। उनले मोबाइलको सिमकार्ड समेत अर्कैको नाममा लिएको भेटिएको छ। उक्त कल वाइपसाको लागि आवश्यक उपकरण जडान गर्न आएका श्रीलंकाली भने फरार छन।
सिंह यसअघि पनि नक्कली भारु कारोवारको अभियोगमा पक्राउ परेर २ वर्ष जेल सजाय ब्यहोरिसकेका व्यक्ति हुन्।

पाँच वर्षमा एघार अर्वको कलवाइपास
पछिल्लो पाँच वर्षमा सिआइबीले कल वाइपास विरुद्ध चलाएको कार्वाहीमा एक सय सात जना नेपाली र ३१ जना विदेशी पक्राउ परिसकेका छन्। उनीहरुविरुद्ध ११ अर्व ६७ करोड रुपैंयाँ बराबरको बिगो मागदावी गरेर मुद्धा चलाइएको सिआइबीले जनाएको छ।

भिओआइपी संचालन गर्न प्रयोग भएका नेपाल टेलिकम र एनसेलको गरेर २२ हजार थान सिमकार्डसमेत यो अवधिमा बरामद भएका छन्।

Write Comment Below:

No comments:

Post a Comment